२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

अन्तराष्ट्रिय

दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु

न्यूजमधेश डेस्क काठमाडौं ,३० फागुन। सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो । सरकारले नेपाली श्रमिकको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ फागुन । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो । गृहयुद्धको चपेटामा सबैभन्दा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ फागुन।साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदीको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसिए) ले आज उडान अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार अब रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। निगमले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं-रियाद-काठमाडौं क्षेत्रमा साताको तीन दिन […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन।युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। […]

न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन । भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ । एक महिनाको उपचारपछि गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय […]

न्यूजमधेश डेस्क काठमाडौं,५ माघ । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । सिराहाका रमेश मण्डलले आत्महत्या गरेमा हुन् । अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफनै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन् । नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार राहदानी नम्बर ११४९३२१ का मण्डल दुई वर्षअघि मात्र कुवेत पुगेका हुन् […]

न्यूजमधेश डेस्क काठमाडौं,१ माघ। तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ। आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले […]

न्यूजमधेश डेस्क प्योङयाङ ,३० पुष । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै […]