२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

न्यूजमधेश सम्बादाता झापा ,१६ कार्तिक । जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान मृत्यु भएको हो । गत शनिबार स्वास्थ्य […]

न्यूजमधेश सम्बादाता जलेश्वर, ७ कार्तिक । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा […]

न्यूजमधेश सम्बादाता बारा ,६ कार्तिक । जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । भदैया धान प्रतिहेक्टर चार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ असोज । वडा दशैँको शुभ अवसरमा तेस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । कमला युवा क्लव कमला नगरपालिका वडा नम्बर ४ बरेरबाको आयोजनामा सुरु भएको प्रतियोगिता वडा अध्यक्ष पल्टु कबारीले उद्घाटन गरेका हुन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ स्थित बरेरबामा सुरु प्रतियोगितामा ८ टिमको सहभागिता रहेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ । सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, […]

न्यूजमधेश डेस्क  जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ । विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन […]

न्यूजमधेश डेस्क सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो । उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार […]

न्यूजमधेश डेस्क जकपुरधाम,२१ भदौ । गोपाल युवा समितिले स्थानीय तहमा संगठन विस्तार गर्ने भएको छ । शनिबार बसेको समितिको बैठकले पहिलो चरणमा धनुषा र महोत्तरी जिल्लाका नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गर्ने निर्णय गरेको हो । संगठन विस्तारको लागि वातावरण तयार गर्न जिम्मेवारी समेत तोकिएको छ । समितिका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी […]