२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

पानी परेपछि राहत, अब मलको चिन्ता

गोपालप्रसाद बराल महोत्तरी,८ भदौ । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए । “राम्रो […]

न्यूजमधेश सम्बादाता सर्लाही ,८ भदौ । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो । पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख […]

न्यूजमधेश सम्बादाता झापा ,३१ श्रावण । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३१ श्रावण । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो । शुक्रबार साँझ […]

न्यूजमधेश सम्बादाता कैलाली,२९ श्रावण । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,२८ श्रावण । महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ । महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो । महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ। जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ। त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित […]

न्यूजमधेश डेस्क सिरहा ,२६ श्रावण ।सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल […]