२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

स्थानीय

प्रमुख सचेतक अरगरियाद्वारा सोनाई बाबा भजन किर्तन भवन उद्घाटन

गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]

मनोज बनैता सिरहा, १३ श्रावण । जग्गा फुकुवाको निम्ति बाल बिटौरी तथा गाउँब्लक जग्गा संघर्ष समिति लहान आन्दोलित भएका छन । बाल बिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नहुँदा  लहान नगरका करिब २ हजार ५ सय सर्वसाधारण मर्कामा परेको संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता ले जनाए । समिति द्वारा आयोजित पत्रकार भेलामा बोल्दै संयोजक […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,८ श्रावण ।अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन […]

एम के माझी सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उक्त आदेशको […]

विमलबहादुर विष्ट डोटी, ५ श्रावण। तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयलाई निकै सास्ती भएको छ । वर्षौँदेखि पुलको अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरुलाई घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षाँै बितिसक्यो तर […]

न्यूजमधेश डेस्क राजविराज ,५ श्रावण। दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन […]

न्यूजमधेश सम्बादाता तुलसीपुर ,३० असार। दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । रा २ प ८८० नम्बरको […]

मनोज बनैता लाहान, १७ असार । लाहान नगरपालिका -१ स्थित कृष्णटोलको भित्री सडकको विजोग अवस्थाले स्थानीय सकस झेल्दै आएका छन । हल्का वर्षामै हिलाम्मे हुनेगरेको सडकमा पैदल हिड्न समेत कठिनाई भोग्दै आएका करिब दुई दर्जन घरपरिवार ले भने हाल आएर राहत महसुस गरेका छन । कुनै सरकारी बजेट नभई निजी लगानीमा कृष्णटोलकै स्थानिय तथा नेपाली […]