१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

राष्ट्रिय

नयाँ गठबन्धनमा भागबण्डाको सकस, अर्थ र गृह मन्त्रालयमा माओवादीको दाबी

काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। आज अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। स्रोतका अनुसार माओवादी वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले एमाले […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् । शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् । ‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर […]

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देश सम्हाल्ने काम कांग्रेसको भएको पनि बताए । सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै नयाँ राजनीतिक दलहरुबाट […]

काठमाडौं । जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन्। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै सासंद खानले यस्तो चेतावनी दिएका हुन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । सांसद खानले भने,‘बर्दियाको गुलरिया नगरपालिका र […]

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आज सचिवालय बैठक बस्दैछ। समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा. शरद यादवले बताए। उनका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगाएको बिषयमा छलफल हुनेछ। गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]

झापा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका– ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेबुङ घर भई हाल दमक– ७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन्। गएराति छिमेकीको घरमा जन्मदिनको भोज […]