०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाचार

नेपालमा संघीयता नौलो कुरा होइन :डा. सीके राउत

न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भूमिका खेलेको बताए। […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ चैत। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

काठमाडौं ,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले शिष्टाचार भेट गरेका छन्। सोमवार शितल निवासमा राजदूतले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए। उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं ,६ चैत्र ।नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान शीतल निवासमा शपथग्रहण गरेका हुन्। यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन्। चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचित भएपछि यादवले सांसद […]

जनकपुरधाम,६ चैत ।सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ । जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले विजयी भएका छन् । उनले १९७ मत ल्याएर विजयी हुँदा निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मत पाएको छ । जसपा, लोसपा […]

नवलपरासी ,५ चैत्र । पाल्ही बहुमुखी क्याम्पस नवलपरासीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा विद्यार्थी जनमत संघका बृजनन्दन कुर्मी विजयी भएका छ्न। जम्म खसेको ३२९ मत मध्ये उनलाई १२८ मतका साथ सम्पुर्ण प्यानल विजयी भएका हुन। उनका निकटम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी संघका कृष्ण पटेलले १०० मत पाए ।

काठमाडौं ,४ चैत । विभिन्न पार्टी परित्या गर्दै सयौं जना नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित स्वास्थ्यकर्मी जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतमा स्वागत गरेको छ।उनिहरुलाई जनमत पार्टीको […]