२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

समाचार

करेन्ट लागेर ज्यान गुमाएका गुप्ता परिवारलाई आर्थिक सहयोग

जनकपुरधाम,२८ पौष । धनुषाको जनकनन्दिनी गाउँपालिकामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ। १५ असारमा जनकनन्दिनी गाउँपालिका-६ कठाल घरभएका पशुपती गुप्ताले आफ्नै घरमा एलिबेस्टर चढाइरहेको बेलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई गाउँपालिका अध्यक्ष दिपिन देव यादवले आर्थिक सहयोग गर्नुभएको हो। गाउँपालिका अध्यक्ष यादवले मृतकका श्रीमती मुनि देवी गुप्तालाई रु २५ हजारको चेक हस्तान्तरण […]

काठमाडौं ,२७ पौष।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउत र अमेरिकी राजदुत डिन आर थम्पसनबीच शिष्टाचार भेटघाट गर्नुभएको छ। बुधबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टी कार्यलयमा अध्यक्ष डा.राउत र राजदुत थम्पसनसंग शिष्टाचार भेटघाट भएको पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताउनुभएको छ। उहाँले भन्नुभयो,’भेटघाटको क्रममा दुई देशको विकास र सहकार्य बारेसमेत छ्लफल भएको छ।’

न्यूजमधेश डेस्क सप्तरी ,२४ पौष । सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो । वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ पौष । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् । ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२४ पौष। सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो । जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ । बालुवाटार स्रोतका […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ पौष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा […]

न्यूजमधेश डेस्क सप्तरी ,२२ पौष । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण मृत्यु भएको हो। खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १८ पौष ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् । सोमबार मधेश प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद ई.शुकवाहाले सो प्रतिबद्धता जनाएका हुन् । उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएका सांसदहरु फरक पार्टी, फरक विचारधारा, फरक सोचाइ भएपनि मधेशको […]