०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाचार

रासायनिक मलमा अनुदान कटौती प्रती जनमत पार्टीको ध्यानाकर्षण

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र ।जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण भएको छ। नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ। ‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा […]

जनकपुरधाम,२९ फागुन। धनुषाका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का १० हजार विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ । मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमवाट विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरेको छ। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना […]

जनकपुरधाम,२९ फागुन।मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् । आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् । आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी […]

राजविराज, २८ फागुन ।मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ । अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो । राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ फागुन।जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी जनमत संघबाट स्ववियु सभापतिमा इजाज मोमिनले उम्मेदवारी दर्ता गराएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिको लागि विद्यार्थी जनमत संघसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघबाट सभापतिमा इजाज मोमिन […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा […]