१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

प्रदेशसभा सदस्य यादवको निधन

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको बिहान करिब साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका […]

काठमाडौं । जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। संतोष  राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सहसंयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सहसचिवमा नितु पटेल,बिमल साह,राम […]

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले उद्योगी व्यवसायीहरूलाई काम गर्न नदिएर देश विकासको गीत गाउने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । सोमबार न्युज एजेन्सी नेपालले आयोजना गरेको नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानुनी समस्या समाधान विषय राउण्डटेवल कार्यक्रममा बोल्दै समिति सभापति खानले यस्तो बताएका हुन् । […]

काठमाडौं। काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कडा आन्दोलनको घोषणा गरेका छन् । माग सुनुवाई नभएको भन्दै सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएका हुन् । आइतबार पनि कर्मचारीहरुले पेन डाउन गरेर विरोध जनाएका हुन् र आगामी भदौ २५ र २६ गते कार्यालयको जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धि सम्पुर्ण कार्य पुर्णरुपमा बन्द […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका नेताहरू सहभागी थिए । छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा […]