१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

झापा,२५ साउन । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको बेघेखोलामा […]

काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल […]

राजविराज,२५ साउन ।सप्तरीको सदरमुकाम राजविराजमा रहेको राजरंगशाला वर्षौंदेखि जिर्ण अवस्थामा रहेको छ।राजविराज नगरपालिका- ७ मा रहेको राजरंगशालाको नयाँ रुप दिनको लागि मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले कदम चालेका छ्न। मन्त्री यादवको विषेश पहलमा मधेश प्रदेश सरकारको सहयोगमा रंगशालाको मर्मत सम्भार गरी नयाँ रुप दिन तयारी थालेका छ्न।सप्तरी जिल्लाको एक मात्र […]

जनकपुरधाम,२५ साउन । मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् । मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए । एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।धनुषा/महोत्तरी […]

कैलाली ,२५ साउन। सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् ।बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका […]

जनकपुरधाम,२४ साउन । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा […]

महोत्तरी,२४ साउन। महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनमा–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका […]

मलङ्गवा ,२४ साउन । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । […]