काठमाडौं ,२८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने […]
काठमाडौं,२८ साउन। इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले सानदार जित निकालेको छ । घरेलु मैदान भएको खेलमा एस्टन भिल्लालाई ५–१ गोलले हराउँदै न्युकासलले फराकिलो जित निकालेको हो । न्युकासलका एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्न्सले १–१ गोल गरेका थिए । यस्तै, भिल्लाका लागि मौसा डियाबीले एक गोल फर्काएका थिए । […]
जनकपुरधाम,२७ साउन।नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव अस्पताल भर्ना भएको छ। शनिबार साँझ अध्यक्ष देवको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अध्यक्ष देवको उपचार भइरहेको छ।उहाँको शिघ्र स्वास्थ्य लाभको न्यूजमधेश परिवारले गरेको छ। अध्यक्ष देव न्यूज मधेशका सल्लाहकार हुनुहुन्छ ।
राजविराज,२७ साउन । मधेशी पत्रकार समाजका सप्तरी जिल्लामा नयाँ नेतृत्व चयन भएकाे छ । समाजको शनिबार राजविराजमा सम्पन्न विशेष बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । पत्रकार शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीबछ दास र काेषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ । सदस्यमा रामशंकर […]
जनकपुरधाम,२७ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनुषाको सघारामा दिप प्रज्वलन गरेको छ। शनिबार कमला युवा संजालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कमला नगरपालिका वडा नम्बर ४ सघारा चौकमा दिव प्रज्वलन गरि युवा दिवस मनाइएको हो। सो कार्यक्रममा कमला युवा संजालका अध्यक्ष बिमलेश यादव,सचिव चन्द्रदीप यादव,कोषाध्यक्ष मो .इसराफिल राईन, रामजुलुम यादव,राजकुमार यादवसहित स्थानीय युवाहरुको उपस्थितिमा दिपप्रज्वलन गरि […]
रुपन्देही ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको […]
पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ […]
जनकपुरधाम,२७ साउन ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न। शनिबार महोत्तरीको मनरा शिशवा-८ सहसराममा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका वडाध्यक्ष तथा पार्टीका जिल्लासदस्य बजरंगी तिवारीको नेतृत्वमा ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात […]