१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन,२४ असार। पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका […]

बुटवल, २३ असार ।रोल्पाको माडी गाउँपालिकाका बिशाल पुन मगर शनिबारको दिन नुवाईधुवाई गरेर होस्टेलको आफ्नो कोठामा ओछ्यानमा पल्टेर पुस्तक पढिरहेका थिए । त्यहीबेलामा एकजना अपरिचित युवा उनको कोठामा पसेर “के छ बाबु ? पढाई चलिरहेको छ ?” भनेर एक्कासी सोध्दा झसंग भए । तेश्रो तलामा रहेको होस्टेल भित्र होस्टेल वार्डेन, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन […]

जनकपुरधाम, २३ असार ।आर्थिक वर्षको अन्त्यतिर धनुषाको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली तथा रवैयाका कारण सेवाग्राही तथा उपभोक्ताहरु मार्कामा परेका छन् । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादवको कार्यशैली तथा अपरिपक्वताका कारण स्थानीय उपभोक्ता तथा सेवाग्राहीहरु समस्यामा परेका हुन । जसका कारण फेरी विवाद उत्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत […]

काठमाडौं,२३ असार। काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ […]

मकवानपुर,२३ असार। मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको […]

काठमाडौं,२३ असार । समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा […]

काठमाडौं ,२३ असार। चालु आर्थिक वर्ष सकिन एक हप्ता बाँकी हुँदा सरकारले अझै चार खर्ब रूपैयाँ बराबरको बजेट खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्षका लागि १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रूपैयाँ बराबरको बजेट ल्याइएकोमा चालु आव सकिन एक हप्ता मात्रै बाँकी रहँदा खर्चको आकार रू १३ खर्बमात्रै देखिनु आफैमा समस्या […]

काठमाडौं ,२२ असार।नेपाल राष्ट्र बैंकले यो महिना शनिवार तथा बिदाको दिनमा पनि बैंक साँझ ८ बजे सम्म खुला राख्न निर्देशन दिएको छ। साथै यो महिनाको अन्तिम दिन असार ३१ गते ७ बजेसम्म खुल्ला राख्न राष्ट्र बैंकले भनेको छ। आर्थिक वर्षको क्लोजिङ भएकोले राजश्व तथा भुक्तानी सेटललमेन्ट गर्नपर्ने भएको र सोही अनुसार महालेखा नियन्त्रकको कार्यलयबाट अनुरोध […]