१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

हुलाकी सडक निर्माण सुस्त गतिमा

कञ्चनपुर,२२ असार। कञ्चनपुरमा हुलाकी सडक निर्माण सुस्त बनेको छ । झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौताको थपिएको म्याद पनि सकिन लागेको छ । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको २३ दशमलव पाँच किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ । कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो […]

कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै […]

काठमाडौं,२१ असार।माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो। त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी […]

काठमाडौं,२१ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।

वीरगञ्ज,२१ असार। बाराबाट प्रहरीले एक क्विन्टल ६८ केजी गाँजा बरामद गरेको छ । प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । घरमा गाँजा लुकाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घर पुगेको थियो । घरमा […]

काठमाडौं,२१ असार। एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। उनका अनुसार केहीबेरमा सिस्टममा नतिजा हेर्न मिल्नेछ। बोर्डले नतिजाबारे जानकारी दिन केही बेरपछि पत्रकार सम्मेलन गर्दै छ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। […]

काठमाडौं,२० असार। राष्ट्र बैंकले २१ असारमा १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। विकास ऋणपत्रलाई सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा प्रयोग गरिँदै आएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्कासन गर्न लागेको हो। ६ वर्षे अवधिको यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा […]

काठमाडौं,२० असार। सरकारले अबदेखि सवारी लाइसेन्सको नयाँ आवेदन, नवीकरण, राजस्व अनलाइनबाटै बुझाउन सकिने बताएको छ। आजदेखि गण्डकी प्रदेशको पोखराबाट सुरु भएको सेवा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरु प्रदेशमा पनि अनलाइन प्रक्रियाबाटै सवारी लाइसेन्सको काम गरिने जानकारी दिएका हुन्। उनले एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गरिने बताए। ‘मैले […]