१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाचार

पत्रकार रोहितामाथि आक्रमण गर्नेलाई कारबाही गर्न आमसंचार प्राधिकरणको माग

जनकपुरधाम,२७ असार । मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख संचारकर्मी सिबेन्द्र रोहितामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनेलाई कारबाही गर्न प्रशासनलाई चौतर्फी दबाब परेको छ । सोमवार सांझ जनकपुरधामको भानु चोकमा पत्रकार रोहितामाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते रोहितालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय […]

काठमाडौं,२६ असार। राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन्। […]

कञ्चनपुर,२६ असार।कञ्चनपुरको कृष्णपुरमा रातको समयमा महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–१३ पिपरैया बस्ने अन्दाजी वर्ष २१ को दिपक चदारा र दोधारा चाँदनी–१ बस्ने वर्ष २२ को अर्जुन सुनार रहेका छन्। यही असार २४ गते साँझ ७ बजेको समयमा कृष्णपुर नगरपलिका–२ पूर्व–पश्चिम राजमार्गमा सोही ठाउँकी वर्ष २१ की अनारकली […]

महोत्तरी,२५ असार। महोत्तरीमा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो। उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष […]

काठमाडौं,२५ असार। राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।राष्ट्रिय सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ। […]

काठमाडौं,२५ असार। मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् । अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि […]

काठमाडाैं ,२४ असार। प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बोलाइएको हाे। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,२०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न […]

काठमाडौं,२४ असार । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री […]