कञ्चनपुर,२८ असार।कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन्। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे। ‘यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ’, कृषक पन्तले भने, ‘गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो।’ ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान […]
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको जनाएका छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् । रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भइरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट […]
चितवन,२८ असार । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो । छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो । बाहिर चर्चा निकै कम भए पनि सशस्त्र […]
काठमाडौं,२८ असार। कागजात शङ्कास्पद देखिएको भन्दै कुवेत लगायतका मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो। उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा […]
जनकपुरधाम,२८ असार । मधेस प्रदेश सरकारका विना विभागीय मन्त्री बसन्त कुमार कुशवाहासहित जनमत पार्टीका नेताकार्यकर्ताहरु धान रोप्नमा व्यस्त छन् । विना विभागीय मन्त्री रहेका कुशवाहा महोतरीको महोत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई कार्यक्रममा सहभागि भएका हुन् । यसअघि जनमत पार्टीको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रहेका कुशवाहालाई स्थानीय कृष्ण साहले […]
काठमाडौं ,२८ असार।अनियमिताको समाचार लेखेको विषयलाई लिएर मकालु खबर डटकमका मधेश प्रदेश प्रमुख पत्रकार सिबेन्द्र रोहितामाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका प्रवक्ता रंजीत रामले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही र पीडित पत्राकारलाई न्याय दिन प्रशासनसँग माग गरेका छन्। असार २५ गते बेलुका धनुषाको […]
काठमाडाैं,२७ असार। मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ‘२०२३’ गर्न लागेको छ। एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताए। उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए। कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए। अस्पतालका निर्देशक डा. अभिषेक […]
काठमाडौं ,२७ असार। जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टी स्रोतले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एंव सांसद हुन् । प्रधानमन्त्री प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा […]