न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण ।एनआईसी एसिया बैंक सघारा शाखाले कमला नगरपालिका मेयर र २ वडाध्यक्षलाई बधाईसहित गिप्ट प्रदान गरिएको छ। आज बैंकका सघारा शाखाका शाखा प्रबन्धक हिरेन्द्र ठाकुर र सेवा प्रबन्धक मुकेश कुमार साह हलुवाईले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई बधाई दिदै एनआईसी एसिया बैंकको लोगो लगाएको मग,छाता र डायरी प्रदान गरेका हुन। त्यसैगरी कमला […]
न्यूजमधेश डेस्क काठमाडौ,३ श्रावण ।चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । मंगलवार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न […]
न्यूजमधेश डेस्क काठमाडौं,३ श्रावण । स्वदेशमा जागिर नभएपछि २०–२२ वर्षको उमेर विदेशिन वाध्य छन् नेपाली युवाहरु । घरपरिवार र सानो टुक्रा जग्गाको लागि पैसा बचत गर्ने भन्दाभन्दै उमेर ४० कटिसक्छ । त्यसपछि बल्ल फर्किन्छन् नेपाल । लामो समय विदेशमा बस्ने युवायुवतीले विशेष ख्याल नगर्ने हो भने विदेशमा बगाएको पसिना खेर जान सक्छ । ४० वर्ष […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण । मधेस प्रदेशको राजविराज नगरपालिकाका बहालबाला मेयर निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार २९ गते मेयर भीमराज यादवमाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। आर्थिक वर्ष २०७३/७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका मेयर भीमराज यादवविरुद्ध अख्तियारले आरोपपत्र […]
न्युजमधेस डेस्क जनकपुरधाम,३असार। असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाँई सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ । गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको […]
न्युजमधेस डेस्क जनकपुरधाम,३असार। जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजारबाट धनुषा प्रहरीले उद्धार गरेका एक युवाको मृत्यु भएको छ । सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन् । सोमबार नै प्रहरीले उनलाई माछा बजारदेखि बसहिया जाने सडक खण्डमा अचेत अवस्थामा फेला पारेको थियो । अन्दाजी ४५ […]
न्युजमधेस डेस्क सप्तरी,३असार। सप्तरीको राजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोटको चरम अभाव देखिएको छ । स्थानीय मनीचेन्जर देखि कुनै पनि बैंकमा समेत भारतीय नोट सटही सुविधा नहुदाँ सर्वसाधारण हैरान भएका छन् । सर्वसाधारणलाई सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागि मात्र नभइ भारतमा उपचार, शिक्षा, तीर्थाटन तथा पर्यटन प्रयोजनका लागि पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को […]