न्यूजमधेश डेस्क काठमाडौँ ,२४ चैत्र । गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।
न्यूजमधेश डेस्क काठमाडौँ,२४ चैत्र । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएर नयाँ नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए । आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ुनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ चैत्र ।विदेशमा रहेका मधेशीहरुको साथि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.शम्भु नारायण साहलाई मातृ शोक परेको छ । चैत्र २२ गतेको राति ११ बजे अध्यक्ष ई.साहकी ६ वर्षीया आमा समुन्द्री देवी साहको काठमाडौंस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालमा उपचारको क्रममा मृत्यु भएको हो । स्व. समुन्द्री देवी साहको […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ चैत्र। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु ५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५० […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० चैत्र।पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल आयल […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० चैत्र। इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन […]
न्यूजमधेश डेस्क सर्लाही,१९ चैत्र । जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता […]