न्यूजमधेश डेस्क जनकपुरधाम, २५ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्लाको सबैला नगरपालिकाको मेयरमा बीपी साहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टी सबैला नगर समितिले साहलाई सर्वसम्मत रुपमा मेयरमा उठाउने निर्णय गरेपछि डा.राउतले स्वयम् आफ्नो फेसबुक पेजबाट साहको उम्मेदवारी घोषणा गरेका हुन् । ३१ वर्षीय बीपी साह त्रिभुवन विश्विद्यालय केन्द्रीय विभागबाट एमए र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ चैत्र। चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो पर्वमा जनकपुरधामका जानकी मन्दिर छेउको अरगजा पोखरी, गंगासागर सहितका पोखरीमा श्रद्धालुको भीड लागेको छ । पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने […]
न्यूजमधेश डेस्क मलंगवा,२४ चैत्र। सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलंगवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ चैत्र । हत्या गरेको आरोपमा एकजनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। हंसपुर नगरपालिका ७ का १८ वर्षीय विजय महराको हत्या आरोपमा सोही वडा नौवाखोरका २० वर्षीय मनोज महरा पक्राउ परेका हुन् । मंगलबार राति विजयको शव गहुँ खेतबाट बरामद गरिएको थियो । उनको शरीरमा गोली लागेको र चक्कु प्रहार भएको देखेपछि […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२४ चैत्र । सशस्त्र प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका–३ सबैठवाबाट दुई नाले बन्दुकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान करिब ९ बजे सबैठवाको नहर चोकमा ना।५७ प ३६२८ नम्बरको मोटरसाइकलमा चढेका तीन जनालाई जाँच गर्दा ‘सुपर क्वालिटी लङ रेन्ज’ लेखिएको दुईनाले बन्दुक र त्यसमा लाग्ने कार्टिज […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ चैत्र।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको धनौजी गाउँपालिका ५ मा पार्टी कार्यलय संचालनमा ल्याएको छ। बुधबारमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहाले एक कार्यक्रम बिच वडा स्तरीय पार्टीको कार्यलय उद्घाटन गरिएको छ। पार्टी कार्यलय उद्घाटनपछी आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा गहन छ्लफल भएको पार्टीले जनाएको छ। सो कार्यक्रममा […]
सुरेश ठाकुर लगमा,२२ चैत्र।डा सीके राउत नेतृत्वको जनमत पार्टी कमला नगरपालिकाको नगरसमितीको बैठक सोमबार सम्पन्न भएको छ। हटलेटवास्थित एक मन्दिरमा जनमत पार्टी कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैतको अध्यक्षतामा बैठक सप्पन्न भएका हुन। अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बारेमा विभिन्न विषय बस्तुमा छ्लफल भएको जनमत पार्टी कमला नगरपालिका युवा नेता दिपेन्द्र तेथवारले […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२४ चैत्र । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा असहमति राखेको छ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले बैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै […]