जनकपुरधाम । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्। गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा […]
जनकपुरधाम । धनुषाको जटहीबाट काठमाडौँ जाँदै गरेको रात्रि बसबाट प्रहरीले लागूपदार्थ बरामद गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती क्षेत्र अवस्थित जटही नाकाबाट भित्र्याइ जटहीहुँदै काठमाडौँ चल्ने रात्रि बसबाट लागूपदार्थ ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो बसलाई जनकपुरधामस्थित मुजेलियामा चेकजाँच गर्नेक्रममा बागमती प्रदशे ०३–००१ ह २५१४ नम्बरको रात्रि बसमा ४४ […]
गत बिहीबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर दुई दशमलव ९२ जिपिए ल्याएर उत्तीर्ण पास हुनुभएका बाँके राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित श्री लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षिय उमेश खत्री । शारीरिक अशक्ताताको कारण उहाँका दुबै हात चल्दैनन् ।
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल , पदमबहादुर बम, शिवलाल चौधरी, ललिता […]
जनकपुरधाम । जनमत पार्टी लक्ष्मिनिया गाउँलालिकामा दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ। आइतबार दोस्रो पालिका अधिवेशनबाट शिव कुमार यादवले अध्यक्षको जिम्मेवारी पाएको छ।यादवको नेतृत्वमा २१ सदस्यीय पालिका स्तरीय कार्यसमिति चयन गरिएको हो। जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा भएको दोस्रो पालिका अधिवेशन कार्यक्रम पर्यवेक्षक फुल कुमारी यादवको अध्यक्षतामा […]
काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो । […]
काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताउनुभयो । उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि […]
पाकिस्तान । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो । अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री […]