०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

समाचार

सप्तरीको आमसभामा सयौं भन्दा बढी जनमतमा प्रवेश

राजविराज । सप्तरीको महदेवा गाउँपालिकामा शुक्रबार आयाेजना गरिएको आमसभामा २ सयभन्दा बढी जनाले जनमतमा प्रवेश गरेका छन् । साे गाउँपालिका वडा नम्बर ३ बथनाहामा पार्टीका महदेवा गाउँपालिका अध्यक्ष कुनदन राउतकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतकाे प्रमुख आतिथ्यमा आयाेजीत सभामा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जनाले जनमतमा प्रवेश गरेका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ फागुन । यमनको गृहयुद्धमा दुई महिनाको अवधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङ्गभङ्ग भएको जनाएको छ ।जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा ४७ बालबालिका ‘हत्या वा अपाङ्ग’ भएको युनिसेफले जनाएको हो । गृहयुद्धको चपेटामा सबैभन्दा […]

न्यूजमधेश डेस्क पर्सा, २८ फागुन।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बितिसक्दा पनि नागरिकतासम्बन्धी विद्येयक संसद्बाट सुल्झन सकेको छैन । नागरिकता समस्या हल गर्न संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो अझै लाग्न सकेको छैन । नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययनअनुसार नेपालमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ फागुन । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रुपैयाँ दरको सिक्का भोलि बुधबारदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकका अनुसार बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर […]

न्यूजमधेश डेस्क जनकपुरधाम २६ फागुन। नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो । यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन […]

न्यूजमधेश डेस्क मोरङ,२५ फागुन । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ । दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए । ‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन […]