०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

समाचार

दिनदिनै रेकर्ड बनाउँदै ‘द कश्मीर फाइल्स’

न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र। गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ। भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ। प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ चैत्र। आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका […]

राजविराज । जनमत पार्टीले सप्तरीमा माटी यात्रा आइतवारदेखी शुभारम्भ गरेका छन् । विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ बाट सञ्चालन गरिएको यात्रामा विभिन्न वडामा स्थानियहरुसगँ भेटघाट गर्दै पार्टीका अध्यक्ष डा. सि. के राउतले सोही गाउँपालिकाका वडा नम्बर २ सिम्राहामा माटो लिएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए । उनका अनुसार जिल्लाको बोरीया, गोरगामा, कट्टी, विष्णुपुर, […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र। शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा एक महिला प्रहरी जवानको हत्या भएको छ । प्रर्दशनकारीको आक्रमणमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिला श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ । विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली […]

न्यूजमधेश डेस्क काठमाडौं,६ चैत्र । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठिक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो । त्यसको छ महिना पछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर चलाइरहेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,४ चैत्र । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा जेठ १६ गतेदेखि सुरु भएर जेठ २५ गते सकिने छ । परीक्षा बिहान ११ बजेदेखि […]

न्यूजमधेश डेस्क कपिलवस्तु,२ चैत्र। जिल्लाको कृष्णनगर नगरपालिका–१२ नरैनापुरमा भारतबाट अवैध रूपमा नेपाल ल्याइएका ब्रोइल कुखुराका चल्ला नष्ट गरिएको छ । विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो । बरामद गरिएको चल्लाको मूल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,२ चैत्र । पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत देखिएको छ। भारतले १५ दिनमै पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैयाँले बढाएर पठाएपछि इन्धन झनै महंगिने भएको हो। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी नेपालमा बेच्ने गर्दछ। आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार आफूले बेच्ने भाउ तय गरी निगमलाई १५–१५ दिनमा नयाँ […]