न्यूजमधेश डेस्क महोत्तरी ,२२ फागुन। विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ। मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो। परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन्। फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने […]
न्यूजमधेश डेस्क महोत्तरी ,२२ फागुन। नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ फागुन। धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ फागुन। रुसले युक्रेनमाथि गरेको आक्रमणका बीचमा अमेरिका सहित नेटो देशहरुले युक्रेनमा आतंकवादी लडाकूहरु पठाइरहेको आरोप लागेको छ । रुसको फरेन इन्टेलिजेन्स सर्भिसले शुक्रबार यस्तो चेतावनी दिएको हो । इन्टेलिजेन्स सर्भिसका अनुसार यी आतंकवादीहरु डोनाबासमा तैनाथ गर्नको लागि पठाइएका हुन् । यी आतंकवादीहरुलाई सिरियामा अमेरिका नियन्त्रित अल तान्फ मिलिट्री बेसमा प्रशिक्षण दिइएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका क्रममा मधेश प्रदेश आएका छन् । शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई यहाँका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा […]
न्यूजमधेश डेस्क झापा,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उजले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुरुषको अधिकार पनि हनन हुन थालेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयाेगले शुक्रबारदेखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षकको सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा पुरुषको अधिकार हनन हुन थालेको बताएका हुन् । ‘महिला हिंसा घरमै भइरहेकाे छ, तर वैदेशिक राेजगारका कारण पुरूषहरू पनि […]
आरएन साह रौतहट ,१८ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं.३ वि.पी.चोकमा भारत विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल घर भएका वर्ष २८ को महम्द हसन आलम पक्राउ परेका छन् । नले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल […]