झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती […]
जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताउनुभयो । रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या […]
सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिनुभयो । […]
जलेश्वर । महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो । उहाँले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै […]
दमौली। जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण […]
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा […]
खोटाङ । दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा समस्या भएपछि […]
जनकपुरधाम । वरिष्ठ पशु चिकित्सक डा.रामकुमार मण्डल जनमत पार्टी प्रवेश गरेका छन् । बुधबार डा.मण्डलले जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय मध्य बानेश्वर पुगेर उनले पार्टी प्रवेश गरेका हुन। डा.मण्डललाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै ,अध्यक्ष डा.राउतले नवप्रवेशी डा.मण्डललाई पार्टीको सदस्यता प्रदान गरेको छ। डा.मण्डल सिरहा जिल्लाको […]