जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड ३ लाख १८ हजारको बजेट ल्याएको छ । नगरपालिकाले आज गरेको ८ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाकी उपप्रमुख आशा देवी झाको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साहले बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम […]
राजविराज । मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री मो. सकिल मियाँले नगर विकासका लागि सबै दल र व्यक्तिको सहयोग आवश्यक रहेको बताएका छन् । सप्तरीको बलान बिहुल गाउँपालिकाको १० औँ गाउँ अधिवेशनमा शुभकामना मन्तब्य दिदैँ मन्त्री समेत मियाँले विकासको काममा सबै एक जुट हुनुपर्ने बताएका हुन् । बलान बिहुल गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र कृषि […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह जर्मन नागरिक आदेश सेरिलमेजसँग भेटघाट गरेका छन् । जर्मन नागरिक आदेश सेरिलमेजले प्रदेशमा कृषिमा आधारित उद्योग स्थापनाको लागि मुख्यमन्त्री सिंहसँग भेटघाट गरेको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशमा कृषि उत्पादनको उपयोग र रोजगारको सृजना गर्ने उदेश्यसहित उनी मुख्यमन्त्रीसँग भेटघाट गरेका हुन् । नेपालमा रहेको प्लेटा नेपाल नामक […]
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र […]
काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह […]
काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका […]
जनकपुरधाम । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको थियो […]
जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए। मुख्यमन्त्री सिंहले […]