न्यूजमधेश डेस्क काठमाडौं ,२६ असोज। नवरात्रको सातौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज। चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो […]
राजु विश्वकर्मा लहान, २५ असोज। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ । गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराउनुभएको उहाँले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुट्नु भएको छ । उहाँले भन्नुभयो “सुरुमा श्रीमान्लाई […]
न्यूजमधेश डेस्क झापा ,२५ असोज ।जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असोज। धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमला नगरपालिका वडा नम्बर ३ पर्सा घर भएका नागे साह सुडीको लगमा र माचीको बिचमा नहर नजिकको कल्भर्टमा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् । गत बिहीबार दशैको पहिलो दिन घटस्थापनाको साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा […]
न्यूजमधेश डेस्क सप्तरी ,२४ असोज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ । महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी […]