न्यूजमधेश डेस्क सुनसरी ,२४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र […]
न्यूजमधेश डेस्क महोत्तरी, २४ असोज । जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो । बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर […]
न्यूजमधेश डेस्क झापा ,२४ असोज । भारतको विभिन्न सहरबाट १८ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ । भारतको कलकत्ताबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार काकरभिट्टा ल्याइएको छ । विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाले दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार काकरभिट्टा ल्याइएको हो । उद्धार गरिएका बालक धनुषा , […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ असोज । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ असोज । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती […]