न्यूजमधेश डेस्क वीरगञ्ज,१५ असोज। स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई […]
न्यूजमधेश डेस्क सिरहा ,१५ असोज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिदेह नगरपालिकामा मोटरसाइकल जुलुस निकालेको छ। शुक्रबार जनमत पार्टीका विदेह नगरपालिकाका संयोजक धिरज मण्डलको नेतृत्वमा मोटरसाइकल जुलुस निकाल्नु भएको हो। सो मोटरसाइकल जुलुससहित बिदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया बजारस्थित रहेको पार्टी कार्यलयबाट सुरु भएको जुलुस नगरपालिकाका सम्पुर्ण वडाहरु परिक्रमा गरि पुर्ण पार्टी कार्यलय आएर जुलुस […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज।एकजना मानिसले अधिकतम कतिवटा सम्म भाषामा बोल्न तथा लेख्न सक्दछ होला ? कुनै मानिसले ४/५ वटा भाषा जानेको भन्ने सुन्दा पनि हामी छक्क पर्छौ । तर ग्रिसका एक व्यक्ति भने ३२ वटा भाषा बोल्न सक्दछन् । पेसाले अनुवादक रहेका आयोअन्निस इकोनोमु सायद हाल विश्वमा सबैभन्दा धेरै भाषामा फरर्र बोल्नसक्ने व्यक्ति हुन् । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो […]
न्यूजमधेश डेस्क भैरहवा ,१४ असोज। रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,१३ असोज । प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका […]