११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

धनुषामा मोटरसाइकल पल्टिँदा ३ जनाको मृत्यु

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज। धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा ३ जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका १८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको मोटरसाइकल दुर्घटना भएको जनाइएको छ । ज न प १९८२ नम्बरको मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुुसार दुर्घटनामा मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको पहिचान […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज । प्रदेश नं २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक यही असोज २० गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोही दिन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन प्रदेशसभा समक्ष प्रस्ताव प्रस्तुत गर्नुहुने बताइएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक असोज २० गते आह्वान गर्न सिफारिस […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज ।तराई मधेशमा मनाइने जितिया पर्व आजबाट समापन हुँदै छ । तीन दिन चल्ने पर्वका क्रममा आज साँझ महिला बर्तालुले ओंगठन अर्थात दही चिउरा सक्खर सहितको प्रसाद खाएर वर्त समापन गर्ने छन् । वर्त समापनपछि महिलाहरुले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने गर्दछन् । पारिवारिक सुख, शान्ति र सन्तानको […]

न्यूजमधेश डेस्क बर्दिया ,१३ असोज । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन । मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ लागेर सक्त घाइते भएको थिए । उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ असोज। नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरिएको हो । सुदूरपश्चिमका ८ जिल्लामा पालिका अधिवेशन भइसक्दा पनि कैलालीमा वडा अधिवेशन समेत हुन नसकेकोमा अब त्यहाँ पनि अधिवेशन गर्ने ढोका खुलेको छ । यस्तै धनुषा र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ असोज। जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमै सोमबार अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतसहितविरुद्ध विरोध एवं नाराबाजी भएको छ । मधेश आन्दोलनका शहीद परिवारले पटक–पटक आश्वासन मात्रै दिएको भन्दै बैठकस्थलमा व्यापक विरोध गरेको हो । मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको […]

न्यूजमधेश डेस्क विरगंज ,१३ असोज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार […]