न्यूजमधेश डेस्क काठमाडौं,१६ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ । विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ भाद्र। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ भाद्र । स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीलाई देखाउँदै स्थगित गरिएको थियो । बोर्डले परीक्षा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरिएको छ । बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरु संग कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् । अध्यक्ष ठाकुरले भने– ‘हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, […]
न्यूजाधेश डेस्क सिरहा ,१६ भाद्र । सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हँुदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ भाद्र। शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ । मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो । स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ […]
अर्जुन साह विरगंज ,१५ भाद्र । स्वराज आन्दोलनको क्रममा सहित भएका राममनोहर यादवको बलिदानी दिवसको अवसरमा विरगंजमा दिप प्रज्वलन गरिएको छ । जनमत पार्टीका जनवर्गीय संगठन समाज कल्याण संघको आयोजनामा विरगंजको घन्टाघरमा दिप प्रज्वलन गरेर स्वराज आन्दोलको प्रथम सहिद राममनोहर यादवको बलिदानी दिवस मनाएको छ । समाज कल्याण संघका केन्द्रीय सदस्य सन्तोष शाहको अध्यक्षतामा भएको […]