१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

समाचार

दुई कर्मचारीका भरमा दुई जिल्ला

वीरेन्द्र कर्ण विरगंज ,१९ असार । दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला १ सम्भवत एउटा तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ […]

न्यूजमधेश डेस्क सप्तरी ,१९ असार । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो । चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले […]

न्यूजमधेश डेस्क झापा ,१९ असार । अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ असार । प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले भासिएको सिरहा–धनुषा जोड्ने कमला पुलको शुक्रवार निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रजिअ बास्तोलाले सञ्चालनको तयारी भइरहेको बेला पुल भत्किनु राष्ट्रकै लागि क्षति भएको उनले बताए। उनले भने, ‘मैले आयोजनासँग बुझेअनुसार हस्तान्तरण गरी नसकेको अवस्था रहेकाले ठेकेदार कम्पनीले नै पुल पुनः निर्माण गर्नुपर्ने हुन्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार ।धनुषा- सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिमा निर्माणको अन्तिम चरणमा रहेको पुलको भासिएको पिलरमा शुक्रवार थप क्षति भएको छ । भाँसिएको पिलर माथिको ७० मिटर भाग पूर्ण रुपमा नदिमा भासिएको छ । बिहिवारको बाढीमा पुलको सिरहा जिल्ला तर्फवाट दोश्रो पिलर भासिएकोमा पुलको माथिको भाग नै पानीमा बसेको छ । […]

न्यूजमधेश डेस्क महोत्तरी ,१८ असार ।विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । प्रदेश नं २ सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, […]