न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका […]
न्यूजमधेश डेस्क रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् । चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम […]
गोपाल प्रसाद बराल महोत्तरी ,१७ असार । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर […]
गोपालप्रसाद बराल महोत्तरी, १७ असार । मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार परेको पानीले वाक्कदिक्क बनाएको हो । मङ्गलबारदेखि लगातार मुसलधारे वर्षा भइरहँदा यहाँका सर्वसाधारण कटान र डुवानको चिन्ताले पिरोलिएका छन् । लगातारको वर्षाले जिल्लाका मध्य […]
न्यूजमधेश डेस्क विरगंज ,१७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र […]
न्यूजमधेश डेस्क लहान ,१७ असार । अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो । सिन्धुलीतर्फको बहाव तीन मिटर र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार।धनुषा – सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तरगत निर्माणधीन कमला नदिअको पुल भासिएको छ । नदीमा आएको अत्याधिक बहाबसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार दिउँसो दुई फिट मुनी भाँसिएको हो । १२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फवाट दोस्रो पाया भासिएको हो । २०६८ सालमा पप्पु लुम्बिनी बिलर्डस जेभीले निर्माण थालेको पुलको […]
न्यूजमधेश डेस्क जनकपुरधाम , १७ असार । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, […]