१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

समाचार

अक्सिजन उत्पादन शुरू गराउन आग्रह

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ जेष्ठ । सङ्कट व्यवस्थापन समिति धनुषाले अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने आवश्यकतातर्फ ध्यानाकर्षण गराएको छ । समितिको आज यहाँ बसेको बैठकले सोका लागि चालु भेन्टिलेटर , आइसियू तथा खपत भएका श्यया सङ्ख्याका अद्यावधिक विवरणका आधारमा छुट्टै अभिलेख राखी पारदर्शी रूपमा व्यवस्थापन गर्नु पर्ने खाँचौ औल्याएको छ । समितिले […]

गोपाल प्रसाद बराल महोत्तरी ,१ जेष्ठ । चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई […]

न्यूजमधेश डेस्क काठमाडौं,१ जेष्ठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन्। आज बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको बैठक जारी रहेका बेला महन्थ पक्षले कुनै बैठक नडाकिएको बताएको हो। महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “जसपा नेपालको केन्द्रीय कायकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी […]

न्यूजमधेश डेस्क काठमाडौं, १ जेष्ठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज […]

न्यूजमधेश डेस्क काठमाडौं,१ जेष्ठ । जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् । आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् । मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ । जसपाभित्र उपेन्द्र यादव […]

न्यूजमधेश डेस्क सर्लाही ,१ जेष्ठ  । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख । नेपालमा एक महिनामा अर्थात वैशाखभरीमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आजको वार्तामा कार्यदल बनाउने बिषयमा छलफल हुने कार्यक्रम रहेको थियो । दुवै नेताबीच भएको सहमति कार्यान्वयनका लागि सिंहदरबारमा वार्ता भएको हो । यसरी ओली नेपालबीच निरन्तर वार्ता सफल हुँदै जादा विपक्षी नेताहरुलाई भने तनाब हुन […]