मनोज यादव सर्लाही,४ जेष्ठ ।प्रदेश २ का सर्लाहीमा प्रहरीले जिल्लाको इश्वरपुरबाट हतियार देखाएर लुटपाट गर्ने दुईजना डाँकाहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका वडा न–५ बस्ने ३३ वर्षीय रामकरण महतो र सोही ठाउँ बस्ने २० वर्षीय सुरेन्द्र सदा रहेका छन् । उनीहरूलाई गत […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ जेष्ठ ।कोरोना माहामारीका कारण लगाइएको निषेधाज्ञाले यतिबेला धनुषासहित देशभरकै जनजीवन नराम्ररी प्रभावित भई रहेको छ । गत वर्षको कोरोना लहरका कारण लगाइएको लकडाउनका कारण बल्ल तल्ल बाँचेका सर्वसाधारणलाई यसपटकको निषेधाज्ञामा मरिएला भन्ने पीरलो छ । दैनिक ज्याला मजदुरी गरिखाने वर्ग र सडकमा मागेर पेटपाल्नेहरुलाई समेत जिवन गुजार्न धौ धौ भएको छ […]
न्यूजमधेश डेस्क वीरगञ्ज , ४ जेष्ठ । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलबबाट वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य यादवले आफ्नो ४ महिनाको तलब २ लाख रुपैयाँ बराबरको सेमी भेन्टिीलेटर (सीप्याप मेसिन) १ थान, अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र […]
न्यूजमधेश डेस्क काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि […]
मनोज मोरबैता जनकपुरधाम ,३ जेष्ठ ।प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद रामआशिष यादवको कालाकर्तुत बाहिर आएको छ । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत औरही गाउँपालिका १ स्थित पौडेश्वरको जमुनी नदी किनारमा निर्माणाधीन गोविन्द मन्दिर निर्माण स्थलमा राखेको सूचना बोर्डमा सम्झौता रकम नलेखेपछि उनीमाथि भ्रष्टाचारको गन्ध आउन थालेको हो […]
कमलेश ठाकुर जनकपुरधाम ,३ जेष्ठ । कोरोना भाईरसको नयाँ भेरियन्टको संक्रमढा तिब्र गतिमा फैलिरहेको बेला मुलुकका अधिकांश अस्पतालहरुले अक्सिजनको अभाव झेलि रहेका छन् । यता प्रदेश २ को प्रादेशिक अस्पतालसहितका सरकारी अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि यहाँ अक्सिजनको अभाव देखिएको हो । यहाँका उद्योगहरुले माग अनुसारको अक्सिजन […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ जेष्ठ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग […]
न्यूजमधेश डेस्क काठमाडौं,२ जेष्ठ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले […]