१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

समाचार

जसपाका नेता मण्डललाई मातृ शोक

न्यूजमधेश डेस्क जनकपुरधाम,५ पुस।जनता समाजवादी पार्टी नेपालका नेता मनिकलाल मण्डललाई मातृ शोक परेको छ। मण्डलका आमा सुगनिया देवि मण्डलको धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारा स्थित आफ्नै घरमा आज विहान ७७ वर्षको उमेरमा निधन भएको हो। नेता मण्डलका अनुसार आमाको आजै कमला नदिको किनारमा अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।  

न्यूजमधेश डेस्क सप्तरी ,५ पुस। सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो । उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस […]

न्यूजमधेश सम्बादाता रौतहट ,३ पुस । कटुवा पेस्तोल र सोमा लागने एक राउण्ड गोली सहित रौतहट बाट एक युवक बिहिवार साझ पक्राउ परेका छन् । कटुवा पेस्तोल र गोली सहित पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती […]

न्यूजमधेश सम्बादाता उदयपुर ,३ पुस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि […]

कैलाश जोशी कैलाली ,३ पुस। उच्च अदालत दिपायलले टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ। उच्च अदालतले बिहीबार अबेर गरेको फैसलामा जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै थारुलाई जन्मकैदको फैसला सुनाएको हो। फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं को कसुरमा सो महलको १७ (३) […]

न्यूजमधेश डेस्क काठमाडौं,३ पुस। भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं उपत्यकामा आएर आइतबार आन्दोलन थालेपछि गृह मन्त्रालयले मंगलबार चार चिनी मिल उद्योगीलाई पक्राउ गर्ने निर्णय गर्‍यो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमै रहेका उनीहरू पक्राउ परेका छैनन् । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार ७ दिनभित्र भुक्तानीको व्यवस्था गर्न […]

न्यूजमधेश डेस्क काठमाडौं,२ पुस । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका […]