२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

समाचार

प्रचण्ड र माधवले देशलाई ध्वस्त पार्न लागे : मन्त्री साह

न्यूजमधेश डेस्क रौतहट, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सटा आफनै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गर्नुभयो । यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ईन्जिनियर जनमत संघ धनुषा जिल्ला स्तरीय समिती गठन भएको छ। आज जनकपुरधामको गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच ई बिपिन कुमार मण्डलको नेतृत्वमा ६१ सदस्यीय जिल्ला स्तरीय ईन्जिनियर जनमत संघ गठन भएका हुन। सो समितिको उपाध्यक्षमा सुबोध कुमार मण्डल ,सचीवमा सुजित कुमार साह,सह-सचीवमा अजय […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुस। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवानको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतको विशेष आतिथ्यतामा वार्षिक समिक्षा […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ पुस । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरे । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा मशाल जुलुससहित प्रदर्शन गरेको छ। जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन। जनकपुरधामको रेल्वे स्टेसनमा निकालिएको मशाल जुलुसमा नेताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ पुस।शुक्रबार माइतीघरकाे सडकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालसहित आधा दर्जनजति पूर्वमन्त्री देखिए । संसद विघटनकाे विराेधमा आयाेजित कार्यक्रममा सबै नेताले छातीमा एउटा कागज टाँसेका थिए । त्यसमा लेखिएकाे थियाे, ‘हामी यहाँ छौँ’ । उनीहरूले नारा लगाए, ‘लाेकतन्त्र रक्षा, देश र जनताकाे हितका पक्षमा लड्नुपर्छ, लड्छाैँ ।’ तर, ती […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ पुस। एक वर्षअघि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन पो भन्नुपरेको थियो होला त ? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ । विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही […]