न्यूजमधेश डेक्स जनकपुरधाम ,२२ मंसिर । ‘राहत’ योशब्द आफैंमा संवेदनशिल छ । किनभने राहत शब्द भनेको कमजोर व्यक्तिलाई दिने र कमजोर व्यक्तिले पाउने कुरा हो । तर, धनुषाको शहीद नगरपालिकामा राहतकै बिषय लिएर हंगामा भएको छ । एक जना एनजिओले राहत बितरण गर्दा विवाद भएको छ । र, विवाद गाउँदेखि सदरमुकामसम्म आएको छ । नाम […]
न्यूजमधेश डेस्क झापा ,२२ मंसिर । झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते […]
न्यूजमधेश डेस्क रौतहट,२२ मंसिर । विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी साविक राजपुर फदरहवा गाविस– ४ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका–७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान […]
न्यूजमधेश डेस्क वीरगञ्ज,२२ मंसिर । केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले ‘कम्बाइण्ड हार्वेष्टर मेशिन’ लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ । किसानले मजदूर नपाउनु, समयको बचत हुन्छ भनेर कम्बाइण्ड हार्वेष्टर मेशिनको व्यापक प्रयोग गरेर धान गहुँ काट्ने तथा […]
न्यूजमधेश डेस्क सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, […]
न्यूजमधेश डेस्क सप्तरी,२० मंसिर। तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँरबायाँ १५र१५ मिटर भित्र बनाइएका नगर क्षेत्रका भौतिक संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो । शनिबार राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, […]
न्यूजमधेश डेस्क इलाम ,२० मंसिर । इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री […]
न्यूजमधेश डेस्क लहान ,२० मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षांैदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् । सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो […]