न्यूजमधेश डेस्क सप्तरी ,२५ मंसिर । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति होस् । समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । अस्पतालको गाइनो […]
न्यूजमधेश डेस्क काठमाडौं ,२५ मंसिर।अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्करहरूले हजारौँको सङ्ख्यामा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । हात्तीछाप चप्पल लगाएर कोही पनि खाडी मुलुक घुम्न जाँदैन भन्ने सरकार र सरकारका कर्मचारीलाई जानकारी नभएको होइन, तर वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीविपरीत दुई लाख पचास हजार लिएर मानव तस्करहरूले युवायुवती बेचिरहेका छन् । त्रिभुवन […]
न्यूजमधेश डेस्क राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतबाट नेपाल आइरहेकाहरुलाई चेक […]
इजिप्टमा फोटोशुट गरेकाे कारण एक मोडल र फोटोग्राफर थुनामा बस्नु परेकाे छ । याे घटना केही सयमअघिकाे हाे । इजिप्टकाे राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा फाेटाेशुट गरिएकाे थियाे । ती फाेटाेहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ । जसका कारण इजिप्टमा सामाजिक बहस समेत भइरहेकाे छ । इजिप्टका मिडियाले ती […]
न्यूजमधेश डेस्क सिरहा ,२४ मंसिर । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका वडा नम्बर ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले […]
न्यूजमधेश डेस्क मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब […]
न्यूजमधेश डेस्क राजविराज,२४ मंसिर । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ जाँजरबाट […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ मंसिर । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९मन्त्रिस्तरीय निर्णयमार्फत० ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र […]