३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

टीकापुर । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो । टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, […]

जकनपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रवार छलफल भयो । छलफलमा जनमतको नेतृत्वको सरकार बनाउने सहमति जुटेको हो । ओली र प्रधानमन्त्री प्रचण्डसँगको शुक्रबार भएको छलफलमा एकीकृत […]

काठमाडौं । केन्द्रीय समीकरणअनुसार मधेश प्रदेशमा सरकार गठनबारे शीर्ष तीन नेताबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठन हुने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए । […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । भारतबाट घटेर आएसँगै नेपालमा पनि घटाइएको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा (काठमाडौं) १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । […]

जनकपुरधाम ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज अमेरिका पुगेका छन् । अध्यक्ष डा.राउतलाई संयुक्त राज्य अमेरिकाको वाशिङटन डिसीमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजित यादवसहितका टिमले स्वागत गरेका हुन् । उमहासचिव यादवका अनुसार अध्यक्ष डा.राउत एक सप्ताह अमेरिकामा रहनेछ । एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भोलि अमेरिकाको राजधानी वाशिङटन डिसीमा हुने […]

जनकपुरधाम । धनुषाको ढल्केवरमा स्थापना भएको मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त उद्घाटन गरिएको छ। शुक्रबार ढल्केवरमा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना र नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दुवै कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्। २०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही […]

जनकपुरधाम । धनुषामा गहुँको उत्पादनमा कमी आएको छ । जिल्ला कृषि ज्ञान केन्द्र धनुषा, जनकपुरधामका अनुसार चालु आर्थिक वर्षमा ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिएकामा ५७ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएको छ । गत वर्ष भने ३४ हजार हेक्टर क्षेत्रफलमा गहँु खेती गरिएकामा एक लाख १५ हजार ६ सय मेट्रिकटन […]

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ । “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उहाँले भन्नुभयो, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय […]