०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

निर्माणाधीन साइफन

राजविराज ,१८ जेष्ठ । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीस्थित नेपालकै अति पुरानो चन्द्रनहरमा सिँचाइका लागि पानी निकासी गर्न निर्माणाधीन साइफन । तस्बिर ः अरूणकुमार यादव÷ रासस

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्पहरु । गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्पहरु देखापर्ने गर्छन् ।

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण […]

जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्मी बढेपछि सबै सामुदायिक र संस्थागत विद्यालय ५ दिनको लागि बन्द गरिएको छ। उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि […]

जनकपुरधाम । भारत लगिरहेका एक युवतीलाई सशस्त्र प्रहरीले जनकपुरधामबाट उद्धार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनबाट १८ वर्षीय काजल मुखियालाई सशस्त्र प्रहरीले उद्धार गरेका हुन् । काजललाई जनकपुरबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बेस रेल्वेबाट सशस्त्र प्रहरी असई महेश राईको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरेपछि उनिलाई भारत लगिरहेको बुझिएको छ। काजललाई भारत […]

जनकपुरधाम ।मधेश आन्दोलनका योद्धा जनकपुरधामका राजकुमार ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौं मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यलयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रिय सदस्यसमेत रहेका नेता ठाकुर जनमत प्रवेश गरेका हुन् । नेता ठाकुर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट जनकपुरधाम उपमहानगरपालिका-२ का पुर्व वडा सदस्य रहेको छ। नेता ठाकुरलाई जनमत पार्टीका […]

काठमाडौँ । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसी चुनाव लड्ने भएकी छन् ।उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् । स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र […]

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्। देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि […]