जनकपुरधाम ।मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी दलहरुले आज (शुक्रबार) प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन्। बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको छ। उक्त सहमतिअनुसार आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवका प्रेस सल्लाहकार सिताराम अग्रहरीले राजीनामा दिएका छन् । ०७९ फाल्गुन १९ मा अग्रहरी मुख्यमन्त्री यादवको प्रेस सल्लाहकार नियुक्त भएका थिए । मुख्यमन्त्री यादवसँग असन्तुष्टी पोख्दै उनले पदबाट राजीनामा दिएका हुन् । ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दै छु,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘आफैसँग खुश छैन । […]
तुलसीपुर । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको […]
जनकपुरधाम । मधेस प्रदेश महालेखा परीक्षक कार्यालयको छैटौँ वार्षिक प्रतिवेदनमा मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड रहेको उल्लेख गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयका सहसचिव एवं मधेस प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले बुधबार प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीलाई बुझाउनुभएको छैटौँ वार्षिक […]
जनकपुरधाम । विभिन्न राजनीतिक दलका सयौं जना नेताकार्यकर्ता पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । बिहिवार काठमाडौंको मध्य बानेश्वरस्थित रहेको जनमत पार्टीका केन्द्रिय सम्पर्क कार्यलयमा गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार जगतलाल मण्डल र दिनेश साहुको पहलमा तराई/मधेशसहित देशकै विभिन्न जिल्लाबाट विभिन्न दलमा लागेका सयौं जना नेताकार्यकर्ताहरु एकैसाथ पार्टी प्रवेश गरेका हुन। […]
काठमाडौं । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने तीन दलबीच सहमति भएको छ । बिहीबार काठमाडाैंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्ताे सहमति गरेकाे हाे । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेकाे थियाे । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र […]
महोत्तरी । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्। बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे। ‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर […]
जलेश्वर, १७ जेष्ठ । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ । जिल्लाको तापमान उच्च हुँदै गएको […]