न्यूजमधेश सम्बादाता टिकापुर,२३ श्रावण । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले […]
न्यूजमधेश डेस्क सिरहा ,२३ श्रावण । शिक्षा ऐन र नियमावली विपरीत आफूहरुको सरुवा गरेको भन्दै सिरहाको लहान नगर क्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन् । लहान नगरपालिका नगर शिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत सरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन शुरु गरेका हुन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ श्रावण । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]
न्यूजमधेश सम्बादाता झापा ,२२ श्रावण । बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू […]
न्यूजमधेश डेस्क सिरहा ,२१ श्रावण । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२१ श्रावण । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा हुनुभएको छ । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु एक लाख र छोटेलाल […]
न्यूजमधेश सम्बादाता महोत्तरी,२१ श्रावण । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको […]
न्यूजमधेश सम्बादाता रुपन्देही,२० श्रावण ।जिल्लाको बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार […]