न्यूजमधेश डेस्क सिरहा ,२७ श्रावण । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ श्रावण । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ […]
न्यूजमधेश डेस्क काठमाडौँ,२७ श्रावण ।नेपाल सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो । तर पछिल्लो केहीदिन यता कोभिड १९ संक्रमणको अवस्था बढेको भन्दै सोमबारको बैठकले त्यसलाई संशोधन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ। जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ। त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित […]
न्यूजमधेश डेस्क सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ । सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ श्रावण । प्रदेश २ सरकारले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा कृषि उपजको बजारीकरणका लागि सेड घर निर्माणमा काम नसक्दै पूरा भुक्तानी दिएको पाइएको छ । निर्माण समितिमा पार्टीका नेता र मन्त्रीका आफन्तहरूलाई उपभोक्ता समिति बनाएर गरिएको काममा निर्माण अधुरै रहे पनि भुक्तानी पूरा दिइएको खुलासा भएको हो । तीन किस्तामा भुक्तानी दिनुपर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ श्रावण। नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि […]
न्यूजमधेश डेस्क सिरहा ,२६ श्रावण ।सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल […]