३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

ओली-प्रचण्डको छलफल आ-आफ्नै अडानमा ‘टसमस’

न्यूजमधेश सम्बादाता काठमाडौं, १९ श्रावण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल ‘दाहाल ‘प्रचण्ड’ बीचको आज ९सोमबार० बालुवाटारमा भएको छलफल कहाँबाट सहमति खोज्ने भन्ने विषयमै अन्योल हुँदै सकिएको छ । ‘ठोस सहमति’ खोज्ने भन्दै साक्षीसहित छलफलमा बसेका दुई अध्यक्षबीचको वार्ता विना निष्कर्ष सकिएको हो । आज (सोमबार) विहान […]

न्यूजमधेश सम्बादाता तुलसीपुर,१९ श्रावण । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् । नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब […]

न्यूजमधेश सम्बादाता कुवेत सिटी, १८ श्रावण । खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् । कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१८ श्रावण । विभिन्न मुलुकमा अलपत्र रहेका   ११ सय ७२ जना नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज […]

न्यूजमधेश सम्बादाता उदयपुर,१८ श्रावण ।जिल्लाको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,१८ श्रावण । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम आरआइटीले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ श्रावण  । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी […]

न्यूजमधेश सम्बादाता महोत्तरी ,१८श्रावण । जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ । पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान राम र सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लैजाने गरिन्छ । महोत्तरीको लक्ष्मीनारायण मठ, […]