न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । बिहीबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनी हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसिरहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए। सरावगीले […]
न्यूजमधेश सम्बादाता महेन्द्रनगर,१५ श्रावण । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट ९हाल बर्खास्त० […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो […]
गोपाल बराल महोत्तरी, १५ श्रावण ।साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी रक्षाबन्धन पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपाल–भारत) आउजाउ पनि सहज छैन । सिनेमा घरहरु सञ्चालनमा आएका छैनन् भने घरचोकमा पनि राखीको रौनक देखिएको […]
न्यूजमधेश डेस्क जलेश्वर ,१५ श्रावण । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका […]
मनोज बनैता सिरहा, १५ श्रावण । जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले धनुषाको शहिदनगर नगरपालिका भित्र पिसिआर टेस्टको दायरा फराकिलो गर्न जोडदार माग गरेको छ । रोहिताले आफ्नो जन्मभूमि पर्ने शहिद नगरपालिकाका मेयरलाई घर घरमा स्वास्थ परिक्षणमा लाग्न अनुरोध गरेका छन । नेता रोहिताले पुनः लकडाउन घोषणा गर्न समेत प्रदेश सरकारसँग माग गरेका छन । […]
न्यूजमधेश सम्बादाता सर्लाही ,१५ श्रावण ।हरिपुर नगरपालिका वडा नम्बर ९ हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् । पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो । मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर […]
न्यूजमधेश सम्बादाता कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् । भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको स्थानीयवासी कुशुम धामीले जानकारी दिनुभयो । भजनीमा […]