न्यूजमधेश डेस्क जलेश्वर,१० श्रावण । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा रहेको नदीमा हाम फाल्दा एक किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बेपत्ता हुनेमा स्थानीय अनिल सदाका छोरा १४ वर्षीय बिक्की सदा रहेका छन् । उनी गाउँमै रहेको टेकुना पुलबाट हाम फाल्दा बेपत्ता भएका हुन् […]
न्यूजमधेश सम्बादाता हरिवन ,१० श्रावण । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उहाँका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१० श्रावण । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक […]
न्यूजमधेश सम्बादाता टिकापुर ,१० श्रावण । कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ । धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ । युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि […]
न्यूजमधेश सम्बादाता परासी ,९ श्रावण। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण । हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ । लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका […]
न्यूजमधेश सम्बादाता सिरहा ,८ श्रावण । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर,८ श्रावण ।अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन […]