न्यूजमधेश सम्बादाता काठमाडौँ,१२ श्रावण। कोरोना भाइरसको महामारीले बन्द रहेका विद्यालय ५ महिनापछि भदौ १५ गतेबाट सञ्चालनको तयारी भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलिसक्ने र त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ । सरकारले यसअघि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । श्रावण महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घरघरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ११ श्रावण । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउने हरुको रहेको उल्लेख गर्नु हुँदै तीन वटै सुरक्षा निकायलाई सीमा […]
न्यूजमधेश डेस्क काठमाडौं,११ श्रावण। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका […]
न्यूजमधेश सम्बादाता महेन्द्रनगर, ११ श्रावण ।कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको […]
मनोज मोरबैता जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ । शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा समितिको सह-संयोजकमा राकेश कुमार […]
न्यूजमधेश सम्बादाता सर्लाही ,११ श्रावण । हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् । हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका […]
न्यूजमधेश डेस्क सिरहा ,१० श्रावण । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उहाँले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि […]