न्यूजमधेश डेस्क काठमाडौं,१३ श्रावण । सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै […]
न्यूजमधेश डेस्क जनकपुरधाम , १३ श्रावण । नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन आज (मंगलबार) देखि सक्रिय बनेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा भारी वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन् । हिजो सोमबार रातिदेखि नै देशका धेरै भू–भागमा वर्षाको मात्रा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् संघिय सांसद उमाशंकर अरगरियाले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् । सोमबार सांसद अरगरियाले कमला नदि तटबन्धको निरीक्षण गर्न रामघाट जानुभएको थियो ।त्यसैगरी हथामुंडा , लक्कर ,टरीया हुदै सघरासम्मको तटबन्ध निरीक्षण गरेका हुन्। सो निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई महेश […]
न्यूजमधेश सम्बादाता सर्लाही ,१२ श्रावण । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति […]
न्यूजमधेश डेस्क काठमाडौं, १२ श्रावण । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ श्रवान । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ । सोमबार बिहान काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर नगरपालिका वडा नम्बर ८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा […]
मनोज मोरबैता जनकपुरधाम ,१२ श्रावण। धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र खानेपानीसमेत अभाव छ। शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका सहइन्चार्ज राजकिशोर यादवले बताए। स्वास्थ्य चौकीमा तिन पुरुष र तिन महिला गरि जम्मा ६ […]