०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

समाचार

दलितको उत्थान, विकास तथा समृद्धिका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई माँगपत्र

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ जेठ । दलित समुदायको उत्थान, विकास तथा समृद्धिका लागि राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा आधा दर्जन दलित अगुवाहरुले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई माँगपत्र प्रस्तुत गरेको छ । इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायमाथि विभिन्न ढङ्गको जातीय विभेद तथा उत्पीडन हुँदै आएको सर्वविदितै छ । सोही […]

न्यूजमधेश सम्बादाता महोत्तरी,२५ जेठ। महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् । “घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् । अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी […]

कैलाश दास जनकपुरधाम, २५ जेठ । लकडाउनमा गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण गरी निक्कै चर्चा कमाएका समाजसेवी धर्मेन्द्र साहले यस पटक घरभाडा वापतको रकम पनि छुट गरेको छ । रोना भाइरसबाट लड्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण व्यापार निक्कै घाटामा गएकोले त्यसलाई मध्यनजर गरी लगाएको तीनवटा कोठाबाट आउने भाडा ३२ हजार छुट गरेको […]

जोगिन्द्र मण्डल साउदी ,२५ जेठ ।विश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साउदी अरब शाखाले शनिबार साउदी जुवेलमा फसेका मधेशी कामदारहरूलाई १५ दिनको राहत दोस्रो चरणमा बितरण गरेको छ। उक्त कामदारहरूले बिगत तिन महिना देखि तलब नपाएको र कम्पनीले काममा पनि नलगेको साथै बिरामी पर्दा पनि हेरचाह नगरेको गुनासो समेत गरेका […]

अंगद यादव नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् । चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् । लकडाउनमा मल पानी मजदुरको […]

न्यूजमधेश डेस्क सप्तरी,२४ जेठ । सप्तरीमा एक जना बालकको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा बालकको शव शुक्रबार फेला परेको छ । जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर २ अकवरपुर निवासी सूर्यनाराया यादवका ४ बर्षीय छोरा सुधीरको शव हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतक बालकको अनुहारमा चोट लागेको अवस्थामा घर नजिकैको […]

न्यूजमधेश सम्बादाता सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । […]