जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मंगलबार साँझ धनुषा जिल्लाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी त्यहाँका बासिन्दासँग समसदायका समस्याबारे छलफल गरेका छन् । महिनामा एकपटक एक दलित बस्ती अवलोकन गरी त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसँग कुराकानी गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिँह वैदेही स्कुल टोलको […]
जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशस्थित विभिन्न प्रादेशिक अस्पताल अनुगमनक्रममा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसँग छलफल गरेका छन् । मुख्यमन्त्री सिँह केही दिनयता जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुर र जलेश्वरको छड्के अनुगमन गरेका थिए । अनुगमनक्रममा अस्पतालको अवस्थाबारे आफ्नो बुझाइ र […]
जनकपुरधाम, ११ भदौ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताएका छन्। मंगलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिंगो समाज नै […]
इनरुवा, ११ भदौ । सुनसरीको इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा उहाँलाई ती गाई दुहुन निकै समस्या थियो । “एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ”, उहाँले भन्नुभयो । स्थानीय इनरवा नगरपालिकाले अन्य […]
वीरगञ्ज ११ भदौ । इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गर्नुभयो । आत्मदाहको प्रयास गरेर गम्भीर घाइते हुनुभएका आचार्यको माघ ११ मा मृत्यु भयो । उद्यमी आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने […]
नेपालगञ्ज, ११ भदौ । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको […]
जनकपुरधाम, १० भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृष्ण जन्माष्टमीका अवसरमा बधाई तथा शुभकामना दिएका छन् । सोमबार उनले दिएको शुभकामना सन्देशमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी श्रद्धा, भक्ति र आनन्दको उत्सव भएको र यसले युगीन चेतनाबोध तथा सुपथगमनका लागि शक्ति एवम् सामथ्र्य प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री […]
काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र […]