जलेश्वर, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् । रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिँहले आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् । मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी […]
सिरहा, ९ भदौ। मिटरब्याजपीडित सङ्घर्ष समितिका अगुवाहरूले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन् । ‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’द्वारा शनिबार सिरहाको गोलबजारमा आयोजित भेलामा मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमान्दार नभएको बताएका हुन् । “कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो । […]
जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे […]
रौतहट, ९ भदौ । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाए पछि रौतहटको मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । रौतहटको मौलापुर-९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो । उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ […]
जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेश स्वास्थ्य विज्ञानप्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार अबेर राति अचानक निरीक्षण गरेका छन् । बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिँहले शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका हुन् । उनले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्षलगायत निरीक्षण गरी ड्युटीमा […]
जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन […]
काठमाडौँ ,८ भदौ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्तरिक अनुशासनमा कडाइ गरेको छ । पार्टीभित्रका कुनै सदस्यले कुनै किसिमले आफ्नो निहित स्वार्थ राखी या कुनै किसिमले समाजलाई नकारात्मक असर हुने काम गरेको पाइएमा पार्टीलाई जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको हो । त्यसका लागि पार्टीले एउटा गुगल फर्म सार्वजनिक गरेको छ । पार्टीका […]
काठमाडौँ, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्छ भन्नुभयो । “ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर […]