जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए । […]
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्। गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश […]
जनकपुरधाम । मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् । एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ। आज मधेस प्रदेश सरकारबाट माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएपछी उपेन्द्र यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै […]
काठमाडौं । नेपालका विश्व चर्चित सेफ सन्तोष शाहले भारतको रामभूमि अयोध्यादेख नेपालीहरुको काम तथा घुमघाम गन्तव्य दोहासम्म नेपाली स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् । आज ललितपुरको झम्सिखेलमा जेठ ६ बाट औपचारिक उद्घाटन हुने मिथिला थालीमा पत्रकारको जिज्ञासामा बोल्दै साहले यस्तो बताएका हुन् । जनकपुरधाम र मिथिला सभ्यताको नजिकको सम्बन्ध अयोध्यामा भएको तर त्यहाँ जनकपुरको […]
जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन्। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।
जनकपुरधाम । मधेस प्रदेश सत्ता परिवर्तन अन्तिम चरणमा पुगेको छ । आइतबार एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएका छन् । अब सरकारमा जसपा नेपाल मात्रै छ । प्रदेश सभामा जसपा नेपालको १९ सिट छ । यो दल आफैँ केही दिनअघि विभाजित भएको थियो । नवगठित जसपामा कति सांसद जानेछन् भन्ने प्रष्ट छैन । लोसपा तथा […]